९ मंसिर २०८१, आईतवार
नेपाल बंगलादेश बैंकबाट मुख्य लगानीकर्ता बाहिरिने भएका छन् । बैंकमा ४०.०९ प्रतिशत सेयर रहेको बंगलादेशको आईएफआईसी बैंकले आफ्नो स्वामित्वको सम्पूर्ण सेयर विक्रीका लागि आवेदन दिएको बैंकले जनाएको छ ।
सोमबारको बैंक संचालक समिति बैंठकमा आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको ४०.०९ प्रतिशत अर्थात ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको थियो । आईएफआईसीले आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सो समेत संस्थापक सेयरहरु बिक्री गर्नका लागि आवेदन दिएको छ ।