९ मंसिर २०८१, आईतवार
ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (NATTA) बीच सहकार्यको लागि सम्झौता भएको छ। NATTA को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट ल्ब्त्त्ब् का अध्यक्ष श्री अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। सम्झौता अनुसार बैंकले NATTA मा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ।