कामना सेवा विकास बैंकको नयाँ शाखा ललितपुरको हात्तीवनमा

होमल्याण्ड खबर

२०७८ असार ३१ गते, बिहीबार १६:५० मा प्रकाशित

कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित हात्तीवनमा आफ्नो १२९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रही बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् । समारोहमा सञ्चालक सीता घिमिरे, प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतलगायत कर्मचारीहरूको उपस्थिति थियो भने अन्य सञ्चालकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो ।

यो सँगै काठमाडौं उपत्यकामा बैंकका २४ वटा शाखा पुगेका छन् ।