सुजिता भण्डारीको शव परिवारले बुझे

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार ११:३८ मा प्रकाशित

सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव परिवारले बुझेका छन् ।

सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान लिएका थिए । तर शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले उनीहरुले आज शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुजिताको शव परीक्षण, भिसेरा र सबै प्रक्रिया पूरा गरेर ल्याबमा लगेपछि रिपोर्टको नतिजाबाहेक अरु बांँकी नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । गत असार ११ देखि सम्पर्कविहीन भएकी २३ वर्षीया सुजिताको शव असार २० गते घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।