५ जेष्ठ २०८३, मंगलवार
कोभिड-१९ विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौँ आइपुग्ने तालिका छ ।
सो जहाज भोलि राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौँ आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ ।

