५ जेष्ठ २०८३, मंगलवार
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४९०, भक्तपुरमा ६९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ। गत २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

