काठमाडौंमा जोन्सन एन्ड जोन्सन खोप सकियो, ललितपुर र भक्तपुरमा लगाइँदै

होमल्याण्ड खबर

२०७८ श्रावण ७ गते, बिहीबार १३:३७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाभित्रका लागि छुट्ट्याइएको कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सन खोप सकिएको छ ।

खोप सकिएसँगै आजदेखि काठमाडौंमा उक्त खोप नलगाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

महानगरपालिकामा उक्त खोप  साउन ४ गतेबाट ५० वर्षदेखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिकलाई लगाइएको थियो ।

दुई दिनसम्म लगाउँदा करिब एक लाख खोप बाँकी रहेपछि बुधबार १८ वर्षभन्दा माथिकालाईका ६० हजार नागरिकले बुधबार उक्त खोप लगाइएको जनाइएको छ ।

काठमाडौंमा खोप नलगाइने भएपनि भक्तपुर नगरपालिका र ललितपुर महानगरपालिकामा भने खोप लगाउने क्रम आज पनि जारी राखेको पराजुलीले बताए ।