१० मंसिर २०८१, सोमबार
वेष्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जितेको छ । आज बिहान सकिएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ६ विकेटको जित हात पारेसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखला २–१ ले जितेको हो ।
वेष्ट इन्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेटको क्षतिमा पुरा गरेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज १ सय ५२ रनमा अलआउट भएको थियो ।
वेष्ट इन्डिजका इभान लेविसले सर्वाधिक ५५ रनको अर्धशतकी पारी खेले । यस्तै, डरेन ब्रभो १८, अल्जारी जोसेफ १५, शाइ होप १४ तथा किरोन पोलार्डले ११ रनको योगदान दिए ।
वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । यस्तै एडम जाम्पा, जोश हेजेल्वुड र अस्टन अगरले दुई–दुई विकेट लिए ।