५ जेष्ठ २०८३, मंगलवार
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ३ हजार ८ सय ४० संक्रमित थपिएको जानकारी दिनु भएको हो ।
पीसीआर परीक्षणमा २ हजार ६ सय ३४ जना र एन्टिजेन १ हजार २ सय ६ परीक्षणमा संक्रमण देखिएको पौडेलले बताउनु भयो । २४ घण्टामा १० हजार ८ सय ८६ पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन परीक्षणको संख्या ४ हजार ९ सय २२ रहेको छ । २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।

