५ जेष्ठ २०८३, मंगलवार
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मुल्यांकनको नतिजा यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्ड ,परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसईई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा काम भैरहेको बताउनुभयो ।
कुनै प्राबिधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सबै जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आएर ईन्ट्री गरिसकिएको र नम्बर रुजु गर्ने काम भैरहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।

