९ मंसिर २०८१, आईतवार
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्सबीच अटो प्लसमा सम्झौता भएको छ।
शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्गको आफूलाई पायक पर्ने नेपालभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन्। अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ।