५ जेष्ठ २०८३, मंगलवार
सरकारले जोन्सन एण्ड जोन्सनको खोप अनिवार्य गरेको देशमा जानेलाई सोहि खोप उपलब्ध गराउने भएको छ । अमेरिकी उत्पादन जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्रै लगाए हुने भएकाले विदेशीने नागरिकलाई उक्त खोप उपलब्ध गर्ने भएको हो ।
विभिन्न देशले आफ्ना देशमा आउने विदेशी नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अनिवार्य गरेकाले सहजताका लागि सरकारले यस्तो निणर्य लिएको हो । खोप लगाउन जादाँ पोसपार्ट र भिसा लिएर जानु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

