५ जेष्ठ २०८३, मंगलवार
नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टीजेनमार्फत ३१ सय ९८ र पीसीआरमार्फत १० हजार ६ सय १३ गरी कुल १३ हजार ८ सय ११ जनामा गरिएको नमुना परीक्षणका क्रममा उनीहरुमा संक्रमण फेला परेको हो।


योसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ६२ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ।