सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्ने अर्थमन्त्रीको घोषणा

होमल्याण्ड खबर

२०७८ श्रावण १९ गते, मंगलवार १४:४४ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उउनले यस्तो बताएका हुन् ।

“चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाँउ गाउँमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु,” उनले भने, “बरु सहकारी बैंकहरुले नाफाको लागि प्रतिष्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सृजनामा प्रतिस्पर्धा गर्नुस् ।”

उनले उत्पादनमुखि अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए । “उत्पादनमुखि अर्थतन्त्रमा टेवा पु¥याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ’, उनले भने, “त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ ।” उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।