५ जेष्ठ २०८३, मंगलवार
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ ।
उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।


स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । तर अब डा. भुपेन्द्रलाई पठाइएको छ ।