५ जेष्ठ २०८३, मंगलवार
काठमाण्डौ उपत्यकामा निषेधज्ञा फेरि थप गरिएको छ । अब तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।
कोरोनाको सङ्क्रमण बढ्न थालेकाले निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने तालिम सेमिनार, बैठक तथा गोष्ठीमा रोक लगाइएको हो । यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराई गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन ।


यस्तै, कोरोनाको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित पालिका, जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
यसैगरि सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।