एकैदिन ४ हजार १०७ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण २० गते, बुधबार १६:४३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।