५ जेष्ठ २०८३, मंगलवार
जाजरकोटको जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली प्रहरी पक्राउ परेका छन् । गत १५ गते स्थानीय २२ वर्षीय सर्पे नेपालीलाई डोरीले बाँधेर निर्मम तरिकाले कुटपिट गरेका अध्यक्ष नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष नेपालीलाइ प्रहरीले सामाजिक सुरक्षा भत्ता लिन गएका सर्पे नेपालीलाई बन्धक बनाई सार्वजनिक रुपमा कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
वडाध्यक्ष नेपालीलाई आज सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई कुटपिट गरी बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो । नेपालीले योभन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई समेत कुटपिट गरेका थिए । यस्तै, स्थानीय युवाहरूसँग विवाद गर्दा उनी आफैँ घाइते भएका थिए ।

