५ जेष्ठ २०८३, मंगलवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ । मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको लोहनीले बताए ।

