बार्सिलोनाबाट बाहिरिए मेस्सी

होमल्याण्ड खबर

२०७८ श्रावण २२ गते, शुक्रबार ०७:५६ मा प्रकाशित

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । बार्सिलोनाले हिजो मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ ।

मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको भए पनि बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको हो ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पु¥याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत व्यक्त गरेको छ ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

सन् २००३ देखि बार्सिलोनामा आवद्ध रहेका मेस्सी १८ वर्षपछि सो क्लवबाट बाहिरिएका छन् । मेस्सीले गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।