विस्कुट कारखानामा भीषण अगालागी, नियन्त्रण प्रयास जारी

होमल्याण्ड खबर

२०७८ श्रावण २३ गते, शनिबार ०७:५१ मा प्रकाशित

काठमाडौंको बालजुस्थित औधोगिक क्षेत्र भित्रको नेविको विस्कुट कारखानामा गए रातीबाट भीषण आगलागी भएको छ । राती करीब २:३० बजेबाट शुरु भएको सो आगलागी अहिले विहानसम्म नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख आशोक सिंहले बताए ।
आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए पनि आगो नियन्त्रणमा आउन नसकेको उनले बताए । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइ रहेको जनाइएको छ ।