५ जेष्ठ २०८३, मंगलवार
आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी गरिएको छ।
यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनिका खोप दिन लागिएको हो। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रमा नै अस्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।


भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने कार्यालयले जनाएको छ।
चैतमा अक्सफोर्ड अस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो।
खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ।