९ मंसिर २०८१, आईतवार
लक्ष्मी बैंकले १३३औं शाखा काठमाडौँ महानगरपालिकाको वडा न. १७, क्षेत्रपाटीमा विस्तार गरेकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
बैंकले यो नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाएको छ । बैंकले यो शाखा विस्तार गरेसँगै आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।