४ जेष्ठ २०८३, सोमबार
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।
‘टोली गएको छ, उसले स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउनेछ’ अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले भने, ‘आवश्यक कागजात पनि अनुसन्धानका लागि लिएर आउनेछ ।’

