४ जेष्ठ २०८३, सोमबार
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार २९४ जना संक्रमणमुक्त भएका छन्।

