मौद्रिक नीति आज सार्वजनिक हुँदै

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार ०८:२९ मा प्रकाशित

राष्ट्र बैकले आज शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। कोरोनाको दोश्रो र तेश्रो लहरले प्रभावित अर्थतन्त्रलाई उकास्ने नीतिको लक्ष्य छ ।

विशेष गरी यस वर्षको मौद्रिक नीतिगत प्राथमिकतामा वित्तीय स्थायीत्वलाई जोड दिइएको छ। गत वर्षको तुलनामा यस वर्ष ऋणीलाइ कम सुविधा दिइएको छ। राष्ट्र बैकको सञ्चालक समितिको बिहान बैठक बसेर दिउँसो मौद्रिक नीति सार्वजनिक हुने बताइएको छ।

सरकार परिवर्तनको कारण तयारी अवस्थामा रहेनपनि मौद्रिक नीति सार्वजनिक हुन सकेको थिएन । कोरोनाको कारण शिथिल बनेको अर्थतन्त्रलाई गत वर्षको मौद्रिक नीतिले राहत दिएको थियो ।

राष्ट्र बैकका अनुसार गत वर्ष भन्दा यस वर्षको महामारीमा अर्थतन्त्र चलायमान छ । यस वर्षको मौद्रिक नीतिमा गत वर्ष जत्तिको सुविधा नदिने राष्ट्र बैकले बताएको छ। गत वर्षको जस्तै कर्जाको साँवा र व्याज तिर्न म्याद थप, पुनःसंरचना र पुनर्तालिकीकरण लगायतका सुविधा नहटाउनेमा पक्षमा राष्ट्र बैक छ ।