प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मको लागि स्थगित

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १५:१५ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ ।

आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।