थप ३९१५ जनामा कोरोना संक्रमण, २७जनको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १७:०६ मा प्रकाशित

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ । देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । गत चौबीस घन्टामा ११ हजार ७०८ पीसीआर तथा ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण भएको छ।