९ मंसिर २०८१, आईतवार
ज्याकर कम्पनी करिब ६० बर्ष पूरानो अन्र्तराष्ट्रिय स्तरको ख्याती प्राप्त कम्पनी हो । सन् १९६० मा एन एल मेहेरा र मानेसर मुख्यालयबाट सुरु भएको कम्पनी हाल विश्व वजारमा एक ब्राण्ड बनेर स्थापित भएको छ ।
लामो समय देखि नैे विभिन्न क्षेत्रमा ज्याकर कम्पनीका सामग्रीहरु प्रयोग हुँदै आएको र धेरैले मन पराएका कारण देशको विभिन्न जिल्लामा सेवा विस्तार गरेको छ ।
ज्याकर कम्पनीले किचन, वाथरुम, टवाइलेट, धारा तथा लाइट सम्बन्धीका सम्पुर्ण सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ । ज्याकर कम्पनीको विश्वका ५४ ओटा देशमा सेवा दिदै आइरहेको कम्पनीको नेपालका लागि प्रमुख नरेश मनोहटले बताएका छन् । हाल ज्याकर कम्पनीले देशको १६० भन्दा बढि डिलर मार्फत आफ्नो उत्पादन विक्री वितरण गर्दै आईरहेको छ ।
नेपाली बजारको ६० प्रतिशत भन्दा बढि बजार हिस्सा ओगटेको ज्याकर कम्पनीले आफ्नो उत्पादन वस्तुको बारेमा आम मानिसलाई आफ्नो उत्पादन र सेवाको बारेमा बुझाउने उद्देश रहेको कम्पनीले जनाएको छ । बजारमा धेरै थरिका सामान पाउने तर त्यसको गुणस्तर,मुल्यको बारेमा आम मानिसलाई भ्रममा पारेर विक्री वितरण गर्ने भएकाले सबै भन्दा पहिला उपभोक्ता सचेतना कार्यक्रमलाई बढि प्राथमिकता दिएको प्रमुख मनोहतले बताए ।
नेपाली बजारमा ज्याकर उत्कृष्ट रोजाइमा पर्ने कम्पनी हो । ज्याकर कम्पनीले artize,jaquar complete bathroom solution, complete ligiting solution, essco jaquar ब्राण्डका सामानहरु उत्पादन गरिरहेको छ ।