४ जेष्ठ २०८३, सोमबार
अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
सरकारले त्यहाँ रहेका नेपालीलाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।





