९ मंसिर २०८१, आईतवार
आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै नबिल बैंकले क्यास मेशिन संचालनमा ल्याएको छ । यो मेसिन मार्फत ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा भएको नबिल क्यास मेशिन बैंकले संचालनमा ल्याएको हो ।
यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, ५ सय, १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने जनाएको छ । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् ।