थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ भाद्र ६ गते, आईतवार १८:४१ मा प्रकाशित

धेरै दिनपछि दैनिक कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा १९२० जनालाई संक्रमण पुष्टि भएको छ भने २२४८ जना कोरोना मुक्त भएका छन् । यस्तै सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना छन् जसमध्ये ६८१ ज्ना आइसियु र १६९ जना भेन्टिलेटरमा छन् । यसैबीच काठमाडौं उपत्यकामा ५६६ जनालाई संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।