८ मंसिर २०८१, शनिबार
क्लासिकम्याट्रेस
कपासको डसना प्रयोग भइरहेका बेला क्लासिकब्राण्डका म्याट्रेस नेपाली बजारमा लोकप्रिय हुदै छन् । क्लासिक इन्डस्ट्रिज प्रालिले विभिन्न आकारका म्याट्रेसका साथै अन्य बेड आइटहरुको उत्पादन गरेको छ । विभिन्न अन्तराष्ट्रिय ब्राण्डको म्याट्रेस तथा अन्य बेड आइटमहरु बिक्री गर्दै आएको यस कम्पनीले आफ्नै उत्पादन गरी बिक्री गरेको हो । यस अधि उद्योगले अमेरिकन तथा युरोपियन ब्राण्डका म्याड्रेस नेपालमा बिक्री गर्दै आएको थियो । हाल उद्योगले बेड कभर, कोइर म्याट्रेस, फाइवर क्विइल्ट, क्लासिक फाइवर पिलो, कुशन, म्याट्रेस प्रोटेक्टर लगायतका बेड आइटम उत्पादन गरेको छ । कम्पनीले क्लासिकब्राण्डको अन्य बेड आइटम बजारमा बिक्री गर्दै आएको छ ।
बारास्थित सिमरामा रहेको उद्योगबाट बढीमा १२ इञ्चसम्मको बाक्लो र कम्तिमा अनुरोध अनुसार ४ इञ्चसम्मका म्याट्रेस उत्पादन गरी बिक्री गर्दै आएको छ । ग्राहकको मागअनुसारका आकारमा उद्योगले म्याट्रेसको उत्पादन गर्ने क्लासिक इन्डस्ट्रिज प्रालिका सिइओ रमेश काफ्लेले जनाएका छन् ।
सुरुवाती समयमा म्याट्रेस उच्च वर्गका व्यक्तिहरुले प्रयोग गर्ने मान्यता रहे पनि हाल सबै वर्गमा लोकप्रिय भएको छ । यसरी सबै बर्गले उपभोग गर्न थालेको व्यक्तिहरुको रोजाइ क्लासिक म्याट्रेस नै बन्न पुगेको कम्पनीको दाबी छ । हाल काठमाडौँसहित पोखरा, भरतपुर, विराटनगरलगायत ठूला सहरहरुमा बढी क्लासिक का म्याट्रेस बिक्री भइरहेको र विस्तारै ग्रामीण भेगमा समेत यसको माग बढ्न थालेको उद्योगका सिइओ रमेश काफ्ले बताउँछन् । वर्षेनी क्लासिकको म्याट्रेस २५ देखि ३० प्रतिशतले वृद्धि हुँदै गएको काफ्लेको भनाइ छ । बजारमा पाइने अन्य म्याट्रेसको तुलनामा क्लासिकको म्याट्रेसहरु गुणस्तरीय रहेका छन् । भारत, चीनलगायतका मुलुकबाट नेपाल ल्याई बिक्री गरिएका म्याट्रेसहरु टिकाउ नहुने र यिनीहरुको बिक्रेतासमेत परिवर्तन भइरहने कारण ग्राहक आजित हुने गरेको भुक्तभोगीहरुको अनुभव छ । यसकारण पनि नेपालमै उत्पादन गरिएका क्लासिकका म्याट्रेसहरुले ग्राहकको ध्यान तानेको कम्पनीले जनाएको छ ।
नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस बनाइने हुनाले यो स्वास्थ्यबद्र्धक रहेको अनुसन्धानबाट समेत प्रमाणित भएको सिइओ रमेश काफ्लेले जनाएका छन् ।
नेपाली बजारमा म्याट्रेस यही उत्पादन गरी बिक्री गरेको छ । क्लासिकब्राण्डको म्याट्रेस बजारमा बिक्री गर्दै आएको छ । कपासको डसना मात्र प्रयोग भइरहेका वेला उद्योगले नेपालमै क्लासिकब्राण्डका म्याट्रेसहरु उत्पादन गरिएको छ । सुरुवाती समयमा दक्षिण एसियाली मुलुकहरुबाट क्लासिककम्पनीको सहकार्यमा नेपालमा यसको उत्पादन गरिए पनि हाल उद्योग स्वयम्ले म्याट्रेसको उत्पादन गर्दै आएको छ । उद्योगले हाल बढीमा १२ इञ्चसम्मको बाक्लो म्याट्रेस उत्पादन गरी बिक्री गर्दै आएको छ । ग्राहकको मागअनुसारका आकारमा उद्योगले म्याट्रेसको उत्पादन गर्ने जनाएको छ ।
अर्थोपेडिक समस्या भएकाहरुका लागि नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस हुनाले बढी स्वास्थ्यबद्र्धक हुने सिइओ रमेश काफ्लेले जनाएका छन् । काफ्लेको कथन छ, ‘अनुसन्धानबाट समेत प्रमाणित भइसकेको छ ।’ यसका लागि हामीले स्पाइन क्वुयर म्याट्रेस नामको बजारमा ल्याएका छौं उनले भने । तर केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेको उल्लेख गर्दै यस्ता म्याट्रेसहरु र क्लासिकका तुलनामा गुणस्तरीय नभएको कम्पनीको दाबी छ ।
क्लासिकले नेपालमै अत्याधुनिक मेसिनको प्रयोगबाट नन–ओभन कार्पेटको उत्पादन गर्ने जनाउदै क्लासिक फ्लोरिङ कार्पेटलाई बजारको मागअनुसार विभिन्न रङहरुमा उपलब्ध गराउने जानकारी गराए । उद्योगले विदेशी कार्र्पेटलाई विस्थापित गर्न खोजेको उनले बताए । नेपालमा फ्लोरिङ उत्पादन गर्ने उद्योगहरु ज्यादै कम रहेको अवस्थामा क्लासिकको उत्पादनले ग्राहकहरुलाई छनोटको अवसर दिने देखिएको छ । नेपालमा विदेशबाट आयातित कार्पेट न्युन गुणस्तरको हुने तर क्लासिकफ्लोरिङद्वारा उत्पादित कार्पेटहरु उच्च गुणस्तरका हुने कम्पनीको दाबी छ ।
उद्योगले उत्पादन गरेको कार्पेट होटल, घर, अफिस लगायत विशेष समारोह, पार्टी आदिमा समेत प्रयोग गर्न सकिनेछ ।