नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १७:०८ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो ।

खुल्ला प्रतिस्पर्धाबाट क्यानले नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो  ।

नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो ।