पछिल्लो २४ घण्टामा थप २,५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार १७:२४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१० जनामा गरिएको कोरोना परीक्षणमा २ हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोही अवधिमा २ हजार ८६ जना कोरोना मुक्त भएका छन् । भने सोही अवधिमा ३५ जनाको संक्रमणबाट ज्यान गुमाएका छन् । हाल देशैभर ३८ हजार २५० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।