सिन्धुपाल्चोकमा बस दुर्घटना, २ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ भाद्र ९ गते, बुधबार १५:४७ मा प्रकाशित

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौँ आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् ।

घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।