४ जेष्ठ २०८३, सोमबार
अख्तियारसहितका संवैधानिक निकायमा गरिएका नियुक्ति विरुद्धका रिटहरू सर्वोच्चको संवैधानिक इजलासमा पेशी चढेको छ ।
संसदीय सुनुवाइ छलेर विभिन्न आयोगमा गरिएका नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश नै बदर गर्नुपर्ने मागसहित परेका रिटहरू शुक्रवार पेशी चढेको हो ।


दर्ता भएका करिव आधा दर्जन निवेदनहरु सुनुवाइका लागि पालोमा परेका हुन । अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदन तेस्रो क्रममा छ ।