४ जेष्ठ २०८३, सोमबार
जारी निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको अवधि थप्नेछ । अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ ।
तर विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोरोना भाइरसको महामारी बढेपछि गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ । पछिल्लो समय खोप लगाउनेहरु बढेको तथा संक्रमण घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने माग बढेको छ ।

