९ मंसिर २०८१, आईतवार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था मिलाउने भएको छ । आज दिउँसो १ बजेदेखि क्यूआर कोर्डबाटै जरिवाना तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।
महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जरिवानामा पर्ने चालकलाई क्यूआर कोर्ड भएको रसिद दिइने छ । चालकले मोबाइलबाट क्यूआर कोर्ड स्क्यान गरी तत्काल जरिवाना तिर्न सक्ने छन् ।