पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १०:३२ मा प्रकाशित

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७:५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम शुरु हुनसकेको छैन ।

पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।