त्रिचन्द्र कलेज बचाउन माग गर्दै प्रदर्शन

होमल्याण्ड खबर

२०७८ भाद्र २० गते, आईतवार १६:४२ मा प्रकाशित

त्रिचन्द्र कलेजको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै आइतबार कलेज परिसरमा प्रदर्शन गरेका छन् । त्रिचन्द्र कलेज विद्यालय मात्र नभएर सम्पदा र इतिहास रहेको भन्दै नेपाल विद्यार्थी सङ्घले विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् ।

सन् १९१८ मा स्थापना भएको त्रि–चन्द्र नेपालको उच्च शिक्षाको सबैभन्दा पुरानो कलेज पनि हो । यसलाई तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेका हुन् । तर, अहिले यसको संरक्षण नहुँदा कलेज जीर्ण अवस्थामा पुगेको छ । विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निर्माण गरी यसको इतिहास बचाउन सरकारसमक्ष माग गरेका छन् ।