१० मंसिर २०८१, सोमबार
नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको छ । नेपालको घरेलु मैदान काठमाडौँस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग दुई गोलले पराजित भएको हो । पहिलो हापमा बराबरमा रोकिएको खेल दोस्रो हापमा भारतले गोल गर्दै अग्रता लिएको थियो । पुनः भारतले गोल गर्दै दुई गोलको अग्रता लिएको थियो । तर, नेपालले एक गोल फर्काएको थियो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । दुई देशको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।