४ जेष्ठ २०८३, सोमबार
काठमाडौं उपत्यकामा भारी बर्षा भैरहेको छ। गए राति २ बजेदेखि धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । काठमाडौं उपत्यकामा यसबर्षकै भारी बर्षा भइरहेको छ।
मौसमविद्हरूको अनुसार काठमाडौंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।


काठमाडौंका अधिकांश क्षेत्रहरूमा बर्षाका कारण ढूवान भैरहेको छ। कलंकी, कोटेश्वर, रत्तनपार्क लगयतको क्षत्रमा बर्षाकै कारण सबारी जाम समेत भएको छ।
त्यसो त पछिल्लो तथ्यांक आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद्हरूको अनुमान छ।
यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको हो।
मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू-भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद्हरूको जिकिर छ।
यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ।
आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेने मौसम पुर्वानुमाान महाशाखाले बताएको छ।
यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ।