४ जेष्ठ २०८३, सोमबार
सरकारले चारै सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन दिएको छ । सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने तयारी गरेपछि सम्भावित आन्दोलन तथा प्रदर्शनलाई रोक्न चारै सुरक्षा निकायलाई अलर्ट रहन भनिएको स्रोतले जानकारी दिएको छ ।
यो महिनाभरी नै सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन गरिएको बताइएको छ । सरकारले संसदबाट एमसीसी पास गराउने पक्रिया अगाडि बढाएको छ ।


जसका लागि बुधबारका लागि संसद बैठकसमेत बोलाइएको छ । नेपालमा एमसीसीका कतिपय बुँदाहरुलाई लिएर चर्को विरोध भइरहेको छ ।
यस सम्बन्धमा राजनीतिक दलहरु पनि विभाजित रहेका छन् । कतिपयले संसोधनसहित पास गर्नुपर्ने बताउँदै आएका छन् भने केहिले पास गर्ने नहुने बताउँदै आएका छन् ।