४ जेष्ठ २०८३, सोमबार
आगामी असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएका छन । आज काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेरआगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन्।
उनले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा आज बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’


उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताए ।