थपिए १,८९७ कोरोना संक्रमित, २० को मृत्यु

होमल्याण्ड खबर

२०७८ भाद्र २१ गते, सोमबार १७:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १ हजार ८९७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ। कुल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ अजार ७४३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ।

उक्त अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।