१० मंसिर २०८१, सोमबार
नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । एनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
एक समय हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए । उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा चाड सोपेरको बलमा आउट भए ।
नेपालले दोस्रो विकेटको रुपमा डेब्यु खेलाडी आसिफ शेखलाई ३० रनमा गुमायो । जतिबेला नेपालको स्कोर ४९ रन थियो। त्यसपछि नेपालले लगातार विकेट गुमायो । ८२ रन जोड्दा ७ विकेट गुमाईसकेको थियो ।
तर, टिकेर खेलेका रोहितले ४१ रनको योगदान दिदै नेपालको जितको आधार तय गरेका थिए । यस्तै सोमपाल कामीले अविजित २२ रन जोडे । बिक्रम सोब सुन्य रनमा अविजित रहे । यस्तै आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्किए । शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।
यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुने छ ।