४ जेष्ठ २०८३, सोमबार
नवलपुरको गैंडाकोटमा बस र ट्रक आपसमा ठोक्किँदा मृत्यु हुनेको सनाखत भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको हाे। दुर्घटनामा २४ जना घाइते भएका छन् । आज बिहान गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् ।
मुत्यु हुनेहरुमा बर्दिया बासगढीका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कञ्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कञ्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन्।


ठोक्किएर बस सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उद्दार गरि नयाँ मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।