दसैं,तिहारको लागि असोजको पहिलो सातादेखि हवाई सेवाको अग्रिम टिकट बुकिङ खुल्ने

होमल्याण्ड खबर

२०७८ भाद्र ३० गते, बुधबार १७:२१ मा प्रकाशित

दसैं तिहार नजिकिए सगैं हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने भएको छ ।

यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए । पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै नरहने उनले बताए ।