४ जेष्ठ २०८३, सोमबार
संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । संखुवासभामा ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइसँग मृतकको मोबाइल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादी नगरपालिका–१, उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा उनका भाइ नरेशको साथबाट हत्या गरिएकी रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइल फेला परेको हो ।


यही भदौ २१ गते संखुवासभाको मादीमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।
हत्या गरिएकी रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि, हत्या आरोपमा पक्राउ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको बयान दिएका थिए ।